वैशाख २३,२०८३ / ०२ : १८ अपरान्ह / 2026-05-06 02:18 pm
      • param ad
      • furniture
      • veera Incorporation

      निर्मला पन्तको बलात्कारी पक्राउ परेको रक्षामन्त्री ईश्वर पोखरेलको घोषणा

      - ७ वर्ष अगाडि
      मंसिर २२,२०७५

      काठमाण्डौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने संभावना रहेको बताएका छन्  । 

      ७० औ अन्तराष्ट्रिय मानवअधिकार दिवस तथा १० औ मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री पोखरेलले राजनीतिक दलहरु नै हत्याराको संरक्षणमा अघि सर्ने संभावना रहेको बताएका हुन् । उनले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरुले छाता ओढाउन आउने संभावन रहेकोसमेत बताए । सरकारले पन्तको हत्यारा पत्ता लगाईसकेको र चाडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिदै उनले विधिसम्बत ढंगले अपराधी सार्वजनिक गर्ने बताए । 

      प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे  । उनले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिए । 

      राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभुतिमा सरकारका कामकारवाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d