वैशाख २३,२०८३ / ०२ : ०९ अपरान्ह / 2026-05-06 02:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्

      - ७ वर्ष अगाडि
      मंसिर २२,२०७५

      चीन– शृंखला खतिवडा मिस वर्ल्ड २०१८ को टप–१२ बाट बाहिरिएकी छिन्। चीनको सान्यामा चलिरहेको प्रतिस्पर्धामा खतिवडा अन्तिम १२ बाट बाहिरिएकी हुन्।

      विभिन्न ५ समूहमा विभाजन गरी मिस वर्ल्डका अन्तिम ५ फाइनलिस्ट छनोट गरिएको थियो। एसिया तथा आसियाना समूहबाट नेपाल, न्युजिल्यान्ड तथा थाइल्यान्ड अन्तिम १२ मा पर्न सफल भएका थिए। तर, न्युजिल्यान्ड र नेपाललाई पछि पार्दै थाइल्यान्डकी सुन्दरी निकोलिन लिम्सनिकान मिस एसिया र एसियाना घोषित हुँदै अन्तिम ५ मा पर्न सफल भएका हुन्।

      अन्तिम ५ मा थाइल्यान्डसँगै बेलारुस, जमैका, मेक्सिको र युगान्डाका सुन्दरीहरु परेका छन्। यीनै छ देशका सुन्दरीबाटै यो वर्षको मिस वर्ल्ड घोषणा गरिने छ।

      विश्वका १ सय २१ देशका सुन्दरीहरुको सहभागिता रहेको यस वर्षको मिस वर्ल्डमा शृंखला दुई अवार्ड हात पार्दै अन्तिम प्रतिस्पर्धामा छानिएकी थिइन्। मल्टिमिडिया अवार्ड र ब्युटी विथ द प्रपोज गरी दुई अवार्ड हात पार्दै टप ३० मा परेकी थिइन्।

      टप ३० बाट टप २० हुँदै उनी टप १२ मा पर्न सफल भएकी थिइन्।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d