वैशाख २३,२०८३ / ०२ : ०९ अपरान्ह / 2026-05-06 02:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नागरिक उडड्यन दिवसमा मन्त्री अधिकारीले उठाए कर्मचारीको क्षमतामाथि प्रश्न

      - ७ वर्ष अगाडि
      मंसिर २१,२०७५

      काठमाण्डौ । अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ । 

      यसै अवसर पारेर शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रभातफेरी सहितको एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबैसँग हातेमालो गरेर विश्वका सबै उडान सेवाहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी प्रतिवद्ध भएर काम गर्न सम्बन्धित निकायलाई सचेत गराए । उनले उडानको क्षेत्रमा उल्लेख्य प्रगति गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका कार्यरत कर्मचारीको क्षमता विकास गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । 

      कार्यक्रममा बोल्दै नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक संजीव गौतमले मुलुकको आर्थिक तथा सामाजिक प्रगतिमा महत्वपूर्ण योगदान दिने उडान क्षेत्रबारे जनचेतना जगाउन सो दिवस बनाइएको स्पष्ट पारे । उनले एक वर्ष भित्र युरोपियन युनियनले नेपालको उडान भर्न लगाएको प्रतिबन्ध हटाउने गरी काम भईरहेको पनि जानकारी दिए । 

      प्राधिकरणले उडड्यन क्षेत्रलाई उन्नत बनाउन सक्दो पहल भईरहेको दावी समेत गर्दै आएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d