वैशाख २३,२०८३ / ०२ : ०८ अपरान्ह / 2026-05-06 02:08 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दै

      - ७ वर्ष अगाडि
      मंसिर २१,२०७५

      काठमाडौं,अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दैछ गएको भदौ २४ गते बस्ने तय भएको बैठक झण्डै तीन महिनापछि बस्न लागेको हो । मुख्य मन्त्रीहरुले भदौ २१ गते पोखरामा भेला गरेपछि असन्तुष्ट बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरेका थिए । प्रदेश सरकारले काम गर्न नसकेको चौतर्फी आलोचनापछि मुख्यमन्त्रीहरुले पोखरामा भेला गरेका थिए । पोखरा भेलाले तय गरेका मुख्य एजेण्डा सहित मुख्यमन्त्रीहरु काठमाडौं आउँदैछन् । 

      पोखरा भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री बाहेक अरु ६ वटै प्रदेशका मुख्यमन्त्री सहभागी थिए । मुख्यमन्त्रीले केन्द्र सरकारले अधिकार दिन नखोजेको, कर्मचारी व्यवस्थापनमा आलटाल गरेको, भौतिक पूर्वाधारसँगै कानुन निर्माणमा असहयोग गर्दै आएको गुनासो गरेका थिए । यी गुनासा अहिले पनि यथावत् नै छन् । भेलाले केन्द्र सरकारले प्रदेश सरकारको अधिकारमा हस्तक्षेप गरेको निचोड सहित ९ बुँदामा छलफल गरेको थियो । अन्तर प्रदेश परिषद् बैठक केन्द्र र प्रदेश सरकारबीच देखिएका विवाद हल गर्ने संयन्त्र हो । परिषद् बैठकमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । परिषद्मा सबै मुख्यमन्त्री सदस्य हुन्छन् । अन्तर प्रदेश परिषद् बैठक पहिलो पटक बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बैठकको तयारी गरिरहेको छ । आइतबार बस्ने बैठकको तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता बिनोद कुँवरले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d