वैशाख २३,२०८३ / ०२ : ०८ अपरान्ह / 2026-05-06 02:08 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री:पशुपति खड्का

      - ७ वर्ष अगाडि
      मंसिर २१,२०७५

      यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएका छन् 

      आगामी पुष १ गते काठमाडौंमा गर्न लागिएको विशाल मोटरसाईकल ¥यालीको बारेमा जानकारी दिन आयोजना गरेको शुक्रबार काठमाडौमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाए । वर्तमान सरकार र सरकारका मन्त्रीहरुका क्रियाकलापहरुलाई जनताले अस्विकार गरेको उनको भनाई छ । 

      पहिलो पटक १९१० मा जंगबहादुर राणा र दोस्रोपटक २०२० सालमा राजा महेन्द्र शाहको पालामा बनेको मुलुकी ऐनको सम्झनामा शाही यूवा शक्ति नेपालले आउँदो पुस १ गते विशाल मोटरसाईकल ¥यालीको आयोजना गरेको हो । अध्यक्ष खड्काले पाँच विकास क्षत्र, १४ अञ्चल र ७५ जिल्ला कायम राख्ने र राजतन्त्रात्मक शासन व्यवस्थाका आधारमा मुलुकलाई विकसित र आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए  ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d