वैशाख २३,२०८३ / ०२ : १३ अपरान्ह / 2026-05-06 02:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भ्रष्टाचार मुद्दामा पूर्व आईजीपी बोहरालाई सर्वोच्चको सफाइ

      - ७ वर्ष अगाडि
      मंसिर २०,२०७५

      काठमाडौं, भ्रष्टाचार गरी अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोग झेलिरहेका पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरालाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।

      बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै बोहरालाई सफाइको फैसला सुनाएको हो ।

      विशेष अदालतले २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै सो बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको थियो । त्यसविरुद्ध बोहराले २०६९ मंसिर २९ गते सर्वोच्चमा पुनरावेदन गरेका थिए 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d