वैशाख १९,२०८३ / ०९ : ०१ पूर्वान्ह / 2026-05-02 09:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      ४ दिनका लागि सवारी साधनमा जोरविजोर लागेपछि यात्रु असन्तुष्ट

      - ७ वर्ष अगाडि
      मंसिर १२,२०७५

      काठमाण्डौ, काठमाडौंमा हुन गइरहेको २०१८ ‘एसिया प्यासिफिक समिटका कारण काठमाण्डौमा ४ दिन सवारी साधन आवागमन प्रभावित हुने भएको छ । अन्तराष्ट्रिय विभिन्न मुलुक र संस्थाको प्रतिनिधीत्व गर्दै विशिष्ट पाहुना आउने भएपछि सडकको प्रयोगमा कठिनाई हुने भएको हो । 

      यसैलाई मध्येनजर गर्दै सरकारले ४ दिन जोर–विजोर नम्बर प्रणालीका आधारमा अरुदिनभन्दा आधा मात्रै सवारी साधन चलाउन दिने व्यवस्था गरेको छ ।

      एसिया प्यासिफिक समिटका लागि काठमाडौं आउने विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा विशिष्ट पाहुनाहरुको सुरक्षा र सहज आवागमनका लागि भन्दै उपत्यकाभर जोर–बिजोर प्रणाली लागू गर्ने भएको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन गइरहेको ‘एसिया प्यासिफिक समिटका लागि जोर–बिजोर प्रणाली लागू गरिएको हो । 

      समिटमा विभिन्न १२ देशका विशिष्ट प्रतिनिधी आउनेछन् । उक्त भिआईभीहरुको सुरक्षा योजना पनि कडाई गरिएको छ । सार्वजनिक यातायात निजी साधनहरुमा जोरविजोर प्रणली लागु गरिने छ भने अत्याधीक आवश्यक सवारीसाधन स्कुल बस, हस्पिटलका बस यम्बुलेन्स, सरकारी गाडीहरुलाई लागु नहुने ट्राफिक प्रहरीको भनाई छ । 

      समिटका कारण आफूहरुले भने सास्ती भोग्नुपर्ने भन्दै सर्वसाधारणले असन्तुष्टी व्यक्त गरेका छन् । 

      युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंको ह्यात रिजेन्सीमा एशिया प्यासिफिक समिट हुन लागेको छ । परराष्ट्र मन्त्रालयका अनुसार बिहीबार अर्थात मंसिर १३ गते नेपालमा म्यान्मारकी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदैछन् ।

        सम्बन्धित समाचारहरु