वैशाख १९,२०८३ / ०९ : ०० पूर्वान्ह / 2026-05-02 09:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारले गरेका कामको उचित मूल्याङ्कन भएन :परराष्ट्रमन्त्री ज्ञवाली

      - ७ वर्ष अगाडि
      मंसिर १२,२०७५

      काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले गरेका सकारात्मक कामको उचित मुल्यांकन हुनुपर्ने बताएका छन् । 

      गुल्मीको हुँगाकी मृगौला पीडित १३ वर्षिया वालिका बन्दना भण्डारीलाई उपचारका लागि उठाइएको सहयोग रकम हस्तान्तरण गर्न प्रदेश पाँच पत्रकार समाजले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनाले सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वाभिक भएपनि सकारात्मक कामको पनि मुल्यांकन गर्नुपर्ने बताए । उनले सरकारले विस्तारै गति लिन थालेको भन्दै नकारात्मक टिका टिप्पणीहरुमात्रै बढी भएको धारणा पनि राखे । त्यस्तै उनले  सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको जानकारी दिए । 

      मन्त्री ज्ञवालीले स्वास्थ्य बीमा कार्यक्रम लागूभए पछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा पैसा अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग हुने उल्लेख गरे  । हालै सरकारले ३५ लाख श्रमिकको हितका लागि नै योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको उनले बताए । 

      कार्यक्रममा मन्त्री ज्ञवालीले हुँगाकी १३ वर्षिया वालिका बन्दा भण्डारीलाई उपचारका लागि दुबईमा संकलन गरिएको २ लाख ८ हजार ५ सय रुपैयाँ उपचारका लागि सहयोग हस्तान्तरण गरेका थिए । दुबईमा बैदेशिक रोजगारीका क्रममा रहेका कुवेर लुईटेल र खिम केसीले संयोजन गरेर नेपालमा कलाकार बैकुण्ठ महत मार्फत सहयोग रकम उपलव्ध गराइएको हो ।

        सम्बन्धित समाचारहरु