वैशाख १९,२०८३ / ०९ : ०१ पूर्वान्ह / 2026-05-02 09:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      पोखरामा पर्यटकको संख्यामा वृदि हुदै

      - ७ वर्ष अगाडि
      मंसिर ९,२०७५

      पोखरा, आर्थिक वर्षको   चार महिनामा पोखरामा आउने  पर्यटकको संख्यामा वृदि भएको  तथ्याङले देखाएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गतेदेखि प्रहरीको सहयोगमा तथ्यांक संकलन सुरु गरेको हो ।   

      पोखरामा घुम्न  र हिमश्रृखंलाको दृश्यावलोकन गर्न वाह्रय तथा आन्तरिक  पर्यटकहरु पोखरा आउने गर्दछन् ।  पोखरा र गण्डकी प्रदेशमा स्थलमार्गबाट आउने पर्यटक  तनहुँको आँबुखैरेनी स्याङ्जाको गल्याङ वाट पर्यटक पोखरा आउने गर्दछन् ।  आर्थिक वर्ष ०७५÷०७६ को चौमासिक तथ्यांक अनुसार  पोखरामा १ लाख १२ हजार २ सय ५७  पर्यटक विभिन्न मार्ग हुँदै पोखरा प्रवेश गरेका छन् । 

       हवाइ मार्गबाट पोखरा आउने पर्यटकको तथ्यांक पोखरा विमानस्थलले राखेर प्रदेश सरकारलाई उपलब्ध गराउने गरेको छ  भने  स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक तनहुँको आँबुखैरेनी स्थित पृथ्वी राजमार्गको आबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा तथ्याङ राख्न थालिएको  छ ।  गण्डकी प्रदेशकमा भित्रिने पर्यटकहरुमा सवै भन्दा वढी भारतीय आउने गरेको र चिन, युरोपियन देश लगायत अन्य मुलुकवाट पनि पर्यकटहरु आउने गर्दछन् । 

      प्रदेश सरकारले आन्तरिक पर्यटकको भने तथ्यांक राखेको छैन । गण्डकी प्रदेश देशकै पर्यटनको हव पनि र  केन्दको रुपमा रहेको साथै देशमा आउने कुल पर्यटकको ६० प्रतिशत पर्यटक पोखरा आउने गर्दछन ।  प्रदेशका जनताको  जिवन स्थर माथि उठाउन पर्यटन प्रवद्धन र  विकाशमा प्रदेश सरकारले पर्यटन  निती ल्याएर अगाडि  वढ्न जरुरी देखिन्छ । 

        सम्बन्धित समाचारहरु