वैशाख १९,२०८३ / ०९ : ०० पूर्वान्ह / 2026-05-02 09:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      मेयर विद्यासुन्दरले दिए कर्मचारीलाई कडा चेतावनी

      - ७ वर्ष अगाडि
      मंसिर ३,२०७५

      काठमाण्डौ, काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने भएको छ ।

      काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । सोमबार काठमाडौंको टेकूस्थित फोहोर व्यवस्थापन केन्द्रमा फोहोर व्यवस्थापनसम्बन्धि प्रविधि परीक्षण कार्यक्रममा शाक्यले संचारकर्मीमाझ ४० लाख भन्दाबढि मानिस बस्ने काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न अवरोध पु¥याउने जोकोहीलाई पनि कार्वाहीको दायरा ल्याउन सम्बन्धित निकायलाई सचेत पनि गराए । 

      उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पबारे पनि छलफल भईरहेको जानकारी दिए । सिसडोल नजिकै रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि आवश्यक छलफल भईरहेको मेयर शाक्यको भनाई थियो । 

      मेयर शाक्यले काठमाडौंको फोहोरमैला व्यवस्थापनसम्बन्धि तथ्यपरक समाचार सम्प्रेषण नगरेको भन्दै संचारकर्मीहरुप्रति पनि असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा फोहोर व्यवस्थापन गर्दा स्वास्थ्य प्रतिकूल हुने खालका किटाणुलाई निषेध गर्ने विधि र प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।

        सम्बन्धित समाचारहरु