वैशाख १९,२०८३ / ०९ : ०० पूर्वान्ह / 2026-05-02 09:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      अध्यक्ष तिमिल्सिना ख्रीष्टियनको कार्यक्रममा पुगेर के भने ?

      - ७ वर्ष अगाडि
      मंसिर ३,२०७५

      काठमाण्डौ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको स्पष्ट पारेका छन् । 

      सोमबार काठमाडौमा राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको उदघाटन गर्दै उनले एउटा धर्म मान्नेले अर्को समुदायको धर्म मान्नेमाथि दमन गर्न नहुने बताए । संविधानले धर्म नै नमान्न स्वतन्त्रताको अधिकार पनि दिएको उनले बताए । नेपालका अल्पसङ्ख्यक धार्मिक समुदायको सुरक्षाका लागि संविधानमा व्यवस्था भएअनुसार सरकारले मानवाधिकारको प्रत्याभूति गर्नेसम्बन्धी १६ कानून पारित गरिसकेको तिमिल्सिनाले जानकारी दिए । 

      त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले राज्यले अल्पसंख्यक धार्मिक समुदायलाई संविधानबमोजिम संरक्षण गर्नुपर्ने उल्लेख गरिन् । 

      ‘स्वाभिमान र अधिकारसम्पन्न नेपाली ख्रीष्टियन समुदायको सुनिश्चितता’ भन्ने नाराका साथ राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेला २०७५ शुरु भएको हो । नेपालमा हाल ३० लाख ख्रीष्टियन रहेको र १२ हजार चर्च रहेको बताइएको छ ।

        सम्बन्धित समाचारहरु