वैशाख १९,२०८३ / ०९ : ०० पूर्वान्ह / 2026-05-02 09:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      पाटन संग्राहलयमा आधुनिक व्यवस्था लागु

      - ७ वर्ष अगाडि
      कार्तिक २८,२०७५

      ललितपुर, पाटन दरवारमा अवस्थित नेपालको एक आधुनिक संग्राहलय पाटन संग्रहालयको स्तरउन्नति गरिएको छ । अबदेखि पाटन संग्रहालयको सम्पूर्ण प्रर्दशनी सौर्यउर्जाबाट सञ्चालन हुने भएको छ । संग्राहलयको मुलचोकमा श्रव्यदृष्य कक्ष पनि खुल्ला गरिएको छ ।

      ललितपुरको ऐतिहासिक दरवारस्वायर क्षेत्रमा रहेको पाटन संग्रहालयको सम्पूर्ण प्रर्दशनी सौर्यउर्जाबाट सञ्चालन हुने भएको छ । पाटन संग्राहलयको २१ औं वार्षिकोत्सवका अबसरमा मंगलबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा ललितपुर महानगरपालीकाका मेयर चिरिवावु महर्जन, संस्कृतिविद् सत्यमोहन जोशी लगाएतले सौर्यउर्जाको शुभारम्भ गरेका छन् । 

      अष्ट्रेलियन डेभलभमेन्ट एजेन्सी एडिए को आर्थिक सहयोग तथा नेपाल सरकार बैकल्पिक उर्जा केन्द्रको प्राविधीक सहयोगमा रु ४६ लाख २५ हजारको लागतमा सौर्यउर्जा स्थापना गर्न लागिएको हो । त्यस्तै बार्षिकोत्सवकै अवसरमा संग्राहलयको मुलचोकमा श्रव्यदृष्य कक्ष पनि खुल्ला गरिएको छ । कार्यक्रममा संस्कृतिबिद् सत्यमोहन जोशीले पुरात्वात्विक महत्वका क्षेत्रको संरक्षणका लागी भएका प्रयास सकारात्मक भएकोमा खुशी व्यक्त गरे । 

      त्यस्तै ललितपुर महानगरपालीकाका मेयर चिरिवाबु महर्जनले ललितपुरको ऐतिहासिक सम्पदा संरक्षणका लागि आफुहरु सदैव क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गरेका छन् । 

      नेपाली सास्कृतिक एवं पराम्परागत नेपाली कला मूर्तिकला तथा वास्तुकलाहरु पाटन संग्राहलयमा राखिएका छन् । आर्थिक बर्ष २०७४÷७५ मा दुई लाख ३२ हजार पाच सय ९४ जनाले उक्त संग्राहलयको अवलोकन गरेका थिए । भूकम्पका कारण क्षती पुगेको उक्त संग्रहालयको संरक्षणकार्य अझै पनि जारी रहेको छ । पाटन संग्राहलय पाटन दरवारमा अवस्थित नेपालको एक आधुनिक संग्राहलय हो । विसं २०१९मा राष्ट्रिय धातुकला सङ्ग्रहालयका रूपमा स्थापित सङ्ग्रहालय हाल पाटन सङ्ग्रहालयका रूपमा छ । सङ्ग्रहालय २०५४ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।

        सम्बन्धित समाचारहरु