वैशाख १९,२०८३ / ०९ : ०२ पूर्वान्ह / 2026-05-02 09:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेविसंघ महामन्त्री काफ्लेको कांग्रेसलाई चेतावनी–टिके प्रथाको निरन्तरता नहोस्

      - ७ वर्ष अगाडि
      कार्तिक २६,२०७५

      काठमाण्डौ, नेपाल विद्यार्थी संघ भित्रको असन्तुष्ट पक्षले नेविसंघको महाधिवेशन समयमै हुन नसकेको भन्दै आपत्ती जनाएको छ । 

      सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे संघका असन्तुष्ट पक्षले आन्तरिक असहमतिका विषयलाई लिएर महाधिवेशन नै नगर्ने षडयन्त्र भइरहेको आरोप समेत लगाएको छ । पत्रकार सम्मेलनमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले फेरि पनि नेतृत्वले टीका लगाएर सिमित व्यक्तिलाई पद दिनका लागि महाधिवेशन टार्ने षडयन्त्र भईरहेको बताए । 

      उनले नेतृत्वले सिमित व्यक्तिको फाइदाका लागि टिका लगाएर दास जन्माउन खोजिए आफूहरुले नमान्ने चेतावनी पनि दिएका छन् । त्यस्तै संघको विधान निर्माणमा कांग्रेसका केहि नेताले हस्तक्षेप गरेको भन्दै विधान निर्माणको जिम्मा नेविसंघलाई स्वतन्त्र रुपमा नै दिनुपर्ने माग काफ्लेले गरेका छन् । 

      त्यस्तै उनले संघको १२ औं महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्नका लागि काग्रेस पार्टी नेतृत्वको ध्यानाकर्षण पनि गराए । काफ्ले निकटको समूहले संगठनको १२ औं महाधिवेशनका लागि वातावरण निर्माण गर्न माउ पार्टी नेपाली कांग्रेसको नेतृत्वसँग माग गरेको छ । असन्तुष्ट समूहले आफ्नो आवाज कुल्चिएर अगाडि बढे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पार्टी नेतृत्वले लिने चेतावनीसमेत दिएको छ । 

      पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेले भने, ‘‘आफ्नो सीमित स्वार्थ पूरा गर्न गोजीबाट टपक्क टिपेर टीके प्रथामार्फत् दास जन्माउँदै नेविसंघको नेतृत्व चयन गर्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्न चाहन्छौं ।’’ टीके प्रथाले आम विद्यार्थी र संगठनको भलो गर्न नसक्ने भन्दै उनले टीका लगाएर नेतृत्व चयन गरिए आन्तरिक लोकतन्त्र संस्थागत गर्नका लागि जस्तोसुकै आन्दोलनमा होमिन तयार रहेको बताए । 

      काफ्ले समूहले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न आन्तरिक आन्दोलनको तयारीमा रहेको पनि स्पष्ट पारेको छ । ‘‘हामीले उमेरहदको बारेमा केही बोलेका छैनौं । विधिवत् महाधिवेशन चाहेका हौं । महाधिवेशन सुनिश्चित नभएसम्म हामी आन्तरिक संघर्ष गर्न तयार छौं,’’ महामन्त्री काफ्लेले भने । 

      उनले ११औं महाधिवेशनबाट निर्वाचित भएको अहिलेको कार्यसमितिको म्याद कम्तिमा पनि दुई महिना थप गरिए आफूहरु १२ महाधिवेशन गर्न तयार रहेको दाबी गरे । ११ औं महाधिवेशनबाट निर्वा्चित वर्तमान कार्यसमितिको वैधानिक म्याद गत भदौ २ गते समाप्त भएको थियो । तर, पार्टीले महाधिवेशन सम्पन्न गर्ने गरी नैनसिंह महर नेतृत्वको म्याद ३ महिनाका लागि थप गरेको थियो । नेविसंघको वर्तमान कार्यसमितिको म्याद मंसिर २ गते सकिँदैछ ।   

        सम्बन्धित समाचारहरु