वैशाख १९,२०८३ / ०९ : ०२ पूर्वान्ह / 2026-05-02 09:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      नयाँबसपार्कमा बेवारिसे लास फेला पर्यो

      - ७ वर्ष अगाडि
      कार्तिक २०,२०७५

      गोंगबू स्थित शिवमन्दिर अगाडि एक बेवारिसे लास फेला फरेको छ।ति मानिस सडकमा बस्ने र कबाडी बोक्ने हुन्।त्यहाँका एक बालकले उनलाई चिन्ने रहेछन र ति मृत मानिस त्यस बालकको होटेलमा गएर रक्सी पिउने गर्दा रहेछन।त्यस बालकका अनुसार उनको नाम बसन्त सिकारी रहेछ।त्यहाँका स्थानीय मानिसहरुले ति मानिससंग अरु २-३ जना साथीहरु रहेको बताए।हिजो बेलुका मात्रै मृतक मानिस सहित अरु २ पुरूष र एक महिला रहेको र सबै जना रक्सीको मातमा रहेको पनि बताए।त्यहाँका सर्वसाधारणले सुतेका होलान भनेर वास्ता गरेनछन् तर लास गनाउन थाले पछि र झिंगा भन्भनाउन थालेपछि मरेको होला भनेर प्रहरीलाई खबर गरेछन् र प्रहरी आएर अबलोकन गरेर मृत घोषणा गरे।त्यसपछि प्रहरीको २जना बिशेष टोली आएर मुजुल्का उठाएर लगे र लास लाई टिचिंग अस्पताल लगे। प्रहरीको अनुसन्धान अनुसार उनको मृत्यु हार्ट अट्यकले भएको जनाएको छ।सायद राति रक्सी बडी भएर र जाडो ले गर्दा हार्ट अट्यक भएको हुन सक्छ भन्ने अनुमान लगाएको छ।थप जानकारी पोस्टमार्टम पछि आउनेछ।

        सम्बन्धित समाचारहरु