काठमाण्डौ, कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परिक्षण गरिएको कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ ।
सोमबार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल तथा चरण क्षेत्र कब्जा गरेर दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका १ स्थित ऐतिहासिक कालिञ्चोकमाई भगवतीलाई माध्यम बनाई कालिञ्चोक दर्शन लिमिटेड (केवुलकार) खोलिएकोमा बिरोध जनाएको हो ।
संघर्ष समितिका सल्लाहकार नरबहादुर पाख्रिनले कालिञ्चोक केवुलकार कानूनसम्वत निर्माण नगरिएको दाबी गरे । राष्ट्रिय जंगल तथा चरन क्षेत्रलाई कब्जा गरेर संरचना बनाईएको भन्दै उनले सत्ता र शक्तिको आडमा राष्ट्रिय जंगल, सम्पदा र चरन क्षेत्रहरु मासिने काम भएको बताए ।
कालिञ्चोक केबुलकारको निर्माण अवैधानिक रहेकोले कुनैपनि हालतमा खारेजी हुनुपर्ने माग समितिले गरेको छ ।








