काठमाण्डौ, सातदोबाटो प्रहरी वृतले ठुलो परिणाम विष्फोटक पदार्थ पटका र लागुऔषध सहित दुइजनालाई पक्राउ गरी सार्वजानिक गरेको छ ।
सातदोबाटो प्रहरी वृतले आज पत्रकार सम्मेलनको आयोजना गर्दै बरामद विष्फोटक पदार्थसहित पर्सा विरगंज ९ घर भएका २८ बर्षिय दिपक शाह सोनारलाई सार्वजनिक गरेको हो । उनका साथबाट प्रहरीले करिव नेपाली १० लाख रुपैया बराबरको पटका बरामत गरेको प्रहरी वृत सातदोबाटोका प्रहरी प्रमुख गौतम मिश्रले बताए ।
बरामद गरिएको विष्फोटक पदार्थहरुमा आतिसबाजी, ५ सय प्याकेट, ग्राउण्ड चाकर ठुलो ३१ सय ५० पिस, तथा साना ठुला विभिन्न नाम दिइएको ४८ थरिका विष्फोटक पदार्थ रहेको छ । यस्तै आजै प्रहरीले ठुलो परिणाममा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्लाका काचल ९ का भुपेन्द्र प्रसाद यादव रहेका छन् । उनको साथबाट प्रहरीले निटराभित १५ सय ट्याब्लेट, डाइजीपाम १ सय पिस, नोफिन १ सय पिस,डाइलेक्स १ सय १३ बोतल रहेको छ । उनीहरुमाथि म्याद थप गरी आवश््याक कारवाही गरीरहेको प्रहरीले जनाएको छ ।








