काठमाडौँ, तिहार नजिकिएसँगै कुमाले अर्थात् प्रजापति समुदायका व्यक्तिलाई माटाका भाडा बनाउन चटारो छ । माटाका पाला बनाउने कुमाले समुदायका सिंगो परिवार पाला बनाउन र बिक्री गर्नमै व्यस्त छन् । बषौंदेखि कुमाले समुदायले अगाल्दै आएका हस्तकला निर्माणको पेशा विभिन्न कठिनाईका विचपनि निरन्तरता दिदै आईरहेका छन् ।
भक्तपुर दरबार स्क्वाइरको जाने बाटौको दुबै पट्टि बेच्नका लागि सजाएर राखेका विभिन्न कलात्मक बस्तुहरुले जो कोहिको पनि मन लोभिन्छ । धेरैले कल्पनासम्मनि गर्न सक्दैनन् यी सुन्दर बस्तुहरु के बाट र कस्ले बनाएका हुन । यो कलासँग बर्षाैंदेखी भक्तपुर दरबार स्वाइरको सरोफेरोमा बसोबास गर्ने एक समुदायको परम्परागत पेशा बन्दै आएको छ । दरबार वरिपरी देखिने विभिन्न कलात्मक बस्तुहरु यहि समुदायले बाटोबाट बनाएका हुन । यो पुख्यौंली समुदाय भने कुमाले समुदाय हो । बषौंदेखि कुमाले समुदायले यो पेशालाई अगाल्दै आहिरहेको छ । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले अर्थात् प्रजापति समुदायका व्यक्तिलाई कामको चटारो छ । केही समयअघि कालो दियोको माग भए पनि अहिले भने पोलेको दियोको माग धेरै छ । तिहार आउनैलाग्दा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला(दियो) बनाउन र बिक्री गर्न भ्याइनभ्याई छ । तिहार नजिक आइसकेकाले यहाँका पाला बनाउने कुमाले समुदायका सिंगो परिवार पाला बनाउन र बिक्री गर्नमै व्यस्त छन् । हिन्दुहरुको महान चाडका पर्व पाला, भिउँट, धुपौरोहरुको माग माध बढेको छ । अहिले भ्याइनभ्याई छ’, वर्षौंदेखि माटोको भाँडा बनाउँदै आएका कुमाले समुदायलाई । वर्षभरिमा मनग्य आम्दानी गर्ने समय नै यही भएकाले पनि उनीहरु यो मौकालाई गुम्न नदिन स–परिवार बिहानदेखि रातिसम्म व्यस्त रहन्छन् । माटोको भाँडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त स्थानीय भन्छन् पाला बनाउँन आबश्यक पर्ने माटो पहिले यही पाइन्थ्यो । तर माटो पाइने ठाउँमा घर लगाए पछि अहिले माटो पाउँन मुस्किल्छ भएकाले यो माटो अरु ठाउँबाट मगाउँनु पर्छ । दियो बनाउनु चिल्लो र लस्सादा माटोको आबश्यकता पर्ने उनी बताउँछन् ।
कुमालेले काम गर्न भागबण्डा लाउने गरेका छन् । घरका पुरुष माटो ल्याउने, माटो मुछ्ने, भाँडा बनाउने, भाँडा पोल्ने काम गर्छन् भने महिला भाँडा सुकाउने, भाडामा रंग लगाउने र भाँडाको व्यवस्थापन गर्न मै व्यस्त रहन्छन् । भाँडा बनाउँने कामलाई विभिन्न तहमा विभाजन गरिन्छ । काचो भाँडोलाई सुकाई सकेपछि त्यसलाई पोल्ने काम हुन्छ । पोल्नका लागि छुट्टै एउटा घर हुन्छ । पोल्नेक्रममा भेटिएका कुमाले समुदायका एक जना स्थानिय भन्छन् माटाका भाँडाहरु पोल्न पहिले भन्दा अहिले सजिलो हुन्छ । यो प्रक्रियामा ३ दिन लाग्ने गर्छ । जस मध्य १२ घण्टा पोल्न र १२ घण्टा सेलाएन समय लाग्ने गर्छ
आधुनिक दियो र बत्ती बजारमा आएका कारण परम्परागत बाटोका भाँडाहरुको माग घटेको देखिन्छ । माटोका भाँडाको व्यपार गर्ने अर्का कुमाले समुदायका व्यक्ति भन्छन् व्यपार ठिकै भए पनि पहिलेको तुलनामा त्यति राम्रो व्यपार भनै छैन् ।.
आधुनिक भाँडा बजारमा आएसँगै माटोका भाँडाहरुको माघ घटदै गहिरहेको छ । यी भाँडाहरुसँग हाम्रो परम्परा भेषभुसा,रितिरिवाजत र कला जोडिएको हुँदा कुमाले परम्परागत पेशालाई जोगाउँन आबश्यक देखिन्छ ।








