बुटवल, चालु आर्थिक बर्षको प्रथम चौमासिक सकिन लाग्दा प्रदेश ५ ले पुँजिगत खर्च गर्न सकेको छैन । मन्त्रालय अन्र्तगतका बिषयगत कार्यालय स्थापना हुन नसक्दा पहिलो चौमासिकमा बिकाश निर्माण तर्फको बजेट कार्यान्वयनको अवस्था शुन्य रहेको छ ।
प्रदेश ५ सरकारले आर्थिक बर्षको पहिलो चौमासिक सकिनै लाग्दा कुनै पनि अयोजनाको ठेक्कापट्टा र जनसहभागिताका कार्यक्रमको टुंगो लागाउन सकेको छैन । जिन्सी सामान खरीद, कर्मचारीलाई तलव खुवाउने, बन्द कोठा भित्र गोष्टि, सेमिनार र बैठमा हुने सामान्य खर्च बाहेक बिकाश निर्माणको भौतिक र आर्थिक प्रगति शून्य रहेको छ ।
सतप्रतिशत बजेट खर्च गर्ने दावि गरेको सरकार पहिलो चौमासिक सकिन लाग्दा मन्त्रालयहरुले न्यून रकम मात्र अख्तियारी दिएका छन् । अख्तियारी दिएको मध्य ११ प्रतिशत रकम खर्च भएको छ । जसमध्य ८ प्रतिशत पुजिगत खर्च छ ।
खर्च भएको बजेट पनि प्रदेश ५ का १२ जिल्ला मध्ये रुपन्देही जिल्लाले मात्र खर्च गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय प्रदेश ५ का अनुसार प्रथम चौमासिकको यो अवधीसम्म रुपन्देही, बांके र प्यूठान जिल्लाले मात्र बजेट परिचालनका लागि अख्तियारी लगेका छन् । अख्तियारी लगेका मध्ये पनि रुपन्देहीले मात्र खर्च गरेको छ ।
प्रदेश ५ सरकारले बिनियोजन गरेको बजेट मध्ये ४२ करोड ७५ लाख ५० हजार बजेट खर्चको अख्तियारी लगेको रुपन्देही जिल्लाले ३ करोड ६१ लाख ४९ हजार ९ सय ४६ रुपैया मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश ५ अन्तरगत सबैभन्दा बढि बजेट भौतिक पुर्वाधार बिकास मन्त्रालयमा रहेको छ । १३ अर्व भन्दा बढी बजेट रहेको उक्त मन्त्रालयले अहिलेसम्म बजेट परिचालन गरेका छैन ।
कृषि, सामाजिक बिकास, उद्योग बन तथा पर्यटन मन्त्रालयको बजेट परिचालनको अवस्था पनि उस्तै रहेको छ । बजेट परिचालन गर्ने कार्यालयहरु टुंगो नलाग्नु, बजेट आएपनि कार्यालय स्थापना नहुनु र स्थापना भएका कार्यालयहरुमा समेत कार्यालय प्रमुख नआईपुग्नु जस्ता कारणले मन्त्रालय अन्तरर्गत पूंजिगत खर्च परिचालनको अवस्था कमजोर रहेको छ । बजेट परिचालन गर्ने कार्यालय स्थापनामा देखिएको अन्यौलताले पूंजिगत खर्चको अवस्था कमजोर देखिएको छ ।
प्रदेश पाँचले पूँजिगत खर्च गर्न सकेन
चिनारी पोस्ट - ७ वर्ष अगाडि
कार्तिक १९,२०७५








