वैशाख १९,२०८३ / ०९ : ०१ पूर्वान्ह / 2026-05-02 09:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      पप्पुको पक्षमा किन उभिए निर्माण व्यवसायी ?

      - ७ वर्ष अगाडि
      कार्तिक १७,२०७५

       काठमाण्डौ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने बताएका छन् । 

      शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सार्वजनिक खरिद ऐन नियमावलीअनुसार प्राविधिक र आर्थिक प्रस्तावमा छनौट भएको पप्पुको फाइल अब अल्झाएर राख्न नहुने बताएका हुन् । 

      पप्पु कालोसुचीमा परेको कम्पनी नभएको भन्दै उनले नियमपूर्वक ढंगले दिएको निवेदनमाथि पक्षपात गर्न नहुने जिकिर गरे । फरक प्रसँगमा उनले निर्माण व्यवसायीहरुको समस्यालाई सरकारले पनि आफ्नो समस्या ठान्नुपर्ने धारणा राखे । 

      राष्ट्र बैंकको भवन निर्माणको यो ठेक्कामा पप्पुले २ अर्ब ६ करोड रुपैयाँ प्रस्ताव हालेको छ भने अच्युत खरेलको समानान्तरले २ अर्ब ८ करोड रुपैयाँको प्रस्ताव हालेको छ ।

        सम्बन्धित समाचारहरु