वैशाख १९,२०८३ / ०९ : ०१ पूर्वान्ह / 2026-05-02 09:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      अपराधीलाई सरकारले जोगायो :विमलेन्द्र निधी

      - ७ वर्ष अगाडि
      कार्तिक १७,२०७५

      काठमाण्डौ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाही रामनगर घटनाका दोषीलाई संघीय सरकार र प्रदेश सरकार दुबैले जोगाउन खोजेको आरोप लगाएका छन् । 

      उनले नेपाली काँग्रेसका कार्यकर्ता राम विलास महतोलाई हत्या गरेका व्यक्तिहरुको नाम प्रहरीले समेत पहिचान गरिसकेपनि केन्द्र सरकारले दोषीलाई नसमात्न निर्देशन दिएको आरोप लगाए । 

      शनिवार जनकपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अपराधिक क्रियाकलाप बढेकोप्रति प्रदेश सरकारको भूमिकामाथि समेत प्रश्न गरेका छन् । 

      हत्या, हिंसा बलात्कारका घटनाहरु बढेकोमा निधीले केन्द्र र प्रदेश दुबै सरकारप्रति आक्रोस व्यक्त गरे । उनले प्रदेश सरकारले पनि यी घटनाहरु बढ्दै गर्दा गैरजिम्मेवारपुर्ण तरिकाले प्रस्तुत भएको आरोप लगाएका छन् । उपसभापति निधिले प्रदेश २ लाई ‘मिथिला प्रदेश’ नामाकरण गर्न प्रदेश सरकारलाई सुझाब दिए ।

        सम्बन्धित समाचारहरु