वैशाख १९,२०८३ / ०७ : २९ पूर्वान्ह / 2026-05-02 07:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      शेयर बजार :एक अर्ब बढीको कारोवार

      - ७ वर्ष अगाडि
      कार्तिक १७,२०७५

      काठमाडौँ, धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ । 

      नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक हजार २२७ दशमलव ५० बिन्दुमा रहेको कारोवार मापक नेप्से साताको अन्तिम दिन घटेर एक हजार २२० दशमलब ९८ बिन्दुमा पुगेको छ । 

      साताभर एक दिनमात्र उकालो लागेको शेयर बजार चार दिन भने लगातार ओरालो लाग्यो । नेप्सेका अनुसार यस साता बजारमा १८३ कम्पनीको कारोवार भएको छ । नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ६५ प्रतिशतले घटेर २५९ दशमलव ६७ अङ्कमा आइपुगेको छ । 

      नेप्से घट्दा यससाता लगानीकर्ताले रु २३ अर्ब ९८ करोड गुमाएका छन् । अघिल्लो साताको अन्तिम दिन रु १४ खर्ब ८० अर्ब ६० करोड रहेको कूल बजार पूँजीकरण यस साताको अन्तिम दिन रु १४ खर्ब ५६ अर्ब ६२ करोडमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । 

      यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन । यस साता नेप्सेमा कुनै कम्पनीका शेयर सूचीकरण भएनन् ।

        सम्बन्धित समाचारहरु