वैशाख १९,२०८३ / ०७ : २९ पूर्वान्ह / 2026-05-02 07:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री अाेलीको स्वास्थ्यमा सुधार,आज बालुवाटार फर्कन सक्ने

      - ७ वर्ष अगाडि
      कार्तिक १६,२०७५

      काठमाडौं । अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको छ ।

      छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका रिपोर्टहरु अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएको हो ।

      सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको छ ।

      डा श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू पहिलेको जस्तै अवस्थामा आएको छ, तर आज या शनिबार डिस्चार्ज गर्ने भन्नेबारेमा अहिले निर्णय भइसकेको छैन ।’

      प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ ।

        सम्बन्धित समाचारहरु