वैशाख १९,२०८३ / ०७ : २९ पूर्वान्ह / 2026-05-02 07:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      कोटेश्वर र बानेश्वरकाे अण्डरपास नेपालीकै डिजाइनमा, डिजाइनमै ७५ लाख खर्च

      - ७ वर्ष अगाडि
      कार्तिक १३,२०७५

      काठमाडौं, उपत्यकाको सबैभन्दा बढी सवारीसाधन जाम हुने कोटेश्वर र बानेश्वरमा निर्माण गर्न लागिएको अण्डरपास नेपालीकै डिजाइनमा बनाइने भएको छ ।

      उक्त अण्डरपास निर्माणको डिजाइन नेपाली परामर्शदाताले बनाउने पक्का भएको छ । डिजाइन बनाउन जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्ट छनोट भएको सडक विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिएका छ्न ।

      ‘अण्डरपासको डिजाइन बनाउन प्राविधिक रूपमा पाँच परामर्शदाता छनोट गरिएको थियो’, थापाले भने, ‘तीमध्येमा जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्टले न्यूनतम अंक कबुल गरेको छ ।’

      थापाका अनुसार अण्डरपासको डिजाइन तयार गर्न ७५ लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो । तर, परामर्शदाताले ३२ लाख रुपैयाँमा डिजाइन बनाउने प्रस्ताव गरेको थियो । सार्वजनिक खरिद नियमअनुसार प्राविधिकरूपमा सक्षम देखिएका कम्पनीमध्ये न्यूनतम अंक कबुल गर्नेे ठेक्का पाउँछ ।

      जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्टले प्रारम्भिक अनुमानित रकमभन्दा सस्तोमा प्रस्ताव गरेको थियो। यस विषयमा महाशाखाले परामर्शदातासँग छलफल गरेको थापाले जानकारी दिए ।

      ‘पे प्रस्ताव गरेको मूल्यमै डिजाइन गर्न सक्षम भएको प्रतिबद्धता जाहेर गरेको छ’, उनले भने, ‘दुई साताभित्रमा परामर्शदातासँग डिजाइनका लागि सम्झौता हुन्छ ।’

      परामर्शदाताले ६ महिनाभित्रमा अण्डरपासको डिजाइन सम्पन्न गरी महाशाखालाई बुझाउने छ । चालु आर्थिक वर्षभित्रमा डिजाइनसम्बन्धी काम सकिने छ । आगामी आव निर्माणसम्बन्धी ठेक्का प्रक्रिया अघि बढ्ने उनको दाबी छ । निर्माण शुरु भएको तीन वर्षमा अण्डरपास बन्ने जनाइएको छ

        सम्बन्धित समाचारहरु