वैशाख १९,२०८३ / ०७ : २८ पूर्वान्ह / 2026-05-02 07:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      निष्कासित करारका कर्मचारी आन्दोलित, मन्त्री पण्डित भन्छन्, केही गर्न सक्दिन

      - ७ वर्ष अगाडि
      कार्तिक १२,२०७५

      काठमाण्डौ, करार सेवामा कार्यरत कर्मचारीहरुले आज सिंहदरवारस्थित संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयमा घेराउ तथा धर्ना दिएका छन ।

      उनीहरुले मन्त्रालय अगाडी नै कोण सभा गरेर सरकारको कडा आलोचना समेत गरे । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई आफुले खाइपाइ आएको तीन महिनाको सुविधा दिएर गत साउन १ गतेदेखि अवकास दिने निणर्य गरेपछि कर्मचारी आन्दोलीत भएका हुन ।

      नेपालमा ३२ हजारको हाराहारीमा करार सेवामा कर्मचारी कार्यरत छन । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई आफुले खाइपाइ आएको ३ महिनाको तलव दिएर विदा दिने निणर्य गरेपछि उनीहरु आन्दोलीत भएका हुन । गत साउन १ गते देखि लिखित तथा मौखिक जानकारी गराएर आफुहरुलाई राज्यले बेरोजगार बनाएकोले अनिश्चित कालिन आन्दोलनको घोषणा गरिएको थियो  । 

      मन्त्रालय अगाडी कडा सुरक्षा रहेको सडक पेटी मै उनीहरुले कोण सभाको आयोजना पनि गरेका थिए । २०५७ साल भदौ २ गते मन्त्रीपरिषदको बैठकले करार सेवामा कार्यरत कर्मचारीलाई ३ महिनाको सेवा सुविधा दिएर अवकास दिने निणर्य गरेको थियो । त्यही समयदेखि उनीहरुले सेवा सुविधा पाएका छैनन । सरकारले नीति कार्यव्रmम तथा बजेटमा बेरोजगार हटाउने र रोजगारी उपलब्ध  गराउने उल्लेख गरेपनि आफुहरुको रोजगार खोसेर चरम अन्याय गरेको उनीहरुको गुनासो छ । 

      यसबारेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले आन्दोलित कर्मचारीलाई पुनः काममा फर्काउन नसकिने स्पष्ट पारेका छन् । करार कर्मचारीका लागि दरवन्दी नभएका कारण उनीहरुलाई अवकास दिइएको पण्डितले बताए । 

      हटाइएका कर्मचारीहरुले संघ, प्रदेश र स्थानिय तहमा अस्थाइ करार ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरुको ब्यावस्थापन नगरी आफु खुसि राख्ने र हटाउने समेत सरकारले गर्न थालेको भन्दै आपती जनाएका छन । मन्त्रालयको तथ्याङक अनुसार अहिले स्थानिय तहमा २८ हजार स्थायी दरबन्दी खाली छ । तर करारमा कार्यरत कर्मचारी तथा तिनका परिवारको भने रोजीरोटी खोसीएको छ ।

        सम्बन्धित समाचारहरु