वैशाख १९,२०८३ / ०७ : २८ पूर्वान्ह / 2026-05-02 07:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      हराएको मोटरसाइकल के हुन्छ ? यस्तो छ ट्राफिकको तर्क

      - ७ वर्ष अगाडि
      कार्तिक ११,२०७५

      काठमाण्डौ । काठमाडौ उपत्यकामा पछिल्लो समय दैनिकजसो मोटरसाइकल हराउने गरेका छन् । त्यसमध्ये अधिकांश मोटरसाइकल भेटिनेपनि गरेका छन् । मोटरसाइकल चोरीका घटना पत्ता लगाएपनि दण्डजरिवानाको बलियो व्यवस्था नहुँदा चोरीका घटनामा न्यूनीकरण आउन सकेको थिएन । 

      अब भने सवारीसाधन चोरीमा संलग्नलाई कडा कार्वाहीको व्यवस्था गरिएकाले घटनामा न्यूनीकरण आउने प्रहरीको दाबी छ ।

      आर्थिकवर्ष २०७०–७१ यता अघिल्लो वर्ष २०७४–७५मा सबैभन्दा धेरै मोटरसाइकल हराएको प्रहरीसँग तथ्यांक छ । ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार २०७४–०७५ मा १ हजार ३ सय ८२ वटा मोटरसाइकल हराएको उजुरी परेका छन् । 

      जसमध्ये जम्मा ३ सय ७६ वटा अनुसन्धानको दायरामा ल्याइएको छ । त्यस्तै चोरी भएका मोटरसाइकल वर्षौंसम्म लिन नआएका ६१ वटा मोटरसाइकल लाई भन्सार पठाइएको माहशाखाले जनाएको छ । चोरी भएको मोटरसाइकल फेला परेर २ सय ५१ वटा मोटरसाइकल धनिलाई जिम्मा लगाइएको छ । २०७५÷०७६ को असोज महिनासम्ममा ३ सय ३९ वटा मोटरसाइकल हराएको उजुरी आएका छन् । 

      जसमा ७४ वटामा अनुसन्धान थालिएको छ । ९ वटा मोटरसाइकल अनुसन्धान पछि धनिलाई जिम्मा लगाइएको छ । ११ वटा मोटरसाइकल र २० जनालाई आवश्यक कारबाहिका लागि भन्सार पठाइएको महाशाखाले जनाएको छ । 

      कानूनी व्यवस्था फितलो हुँदा सवारी साधन चोरी गर्नेलाई कार्वाहीको दायरामा ल्याउन नसकिएको ट्राफिक प्रहरीको तर्क छ । अब भने अपराध संहिता अनुसार मोटरसाइकल चोरी गर्नेलाइ चोरी गरे बरावरको सामान धरौटिमा राख्नु पर्ने र २ वर्ष सम्म हिरासतमानै बस्नुपर्ने व्यवस्था गरिएकाले घटनामा न्यूनीकरण आउने प्रहरीको दावी छ ।

      चोरी भएका मोटरसाइकलहरु काठमाडौको छिमेकी जिल्लाहरुमा लैजाने र डिसपेन्टर गरेर बिक्रि गर्ने जस्ता काम हुने गरेको छ । यस्ता डिसपेन्टर गर्ने व्यतिmलाई आवश्यक कारवाहीका लागि महाशाखामा पठाउने गरिएको छ । 

      ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल भन्सारमा बुझाउने भनिएपनि कतिपय मोटरसाइकल महाशाखामा नै अलपत्र छन् । यस्ता मोटरसाइकललाई पनि लिलामी मार्फत बिक्रि गर्नसके राज्यकोषमा अलिकति भएपनि राहत हुनेथियो कि ?  

        सम्बन्धित समाचारहरु