वैशाख १९,२०८३ / ०७ : ३४ पूर्वान्ह / 2026-05-02 07:34 am
      • param ad
      • furniture
      • veera Incorporation

      गुर्जा हिमाल आरोहणकाक्रममा निधन र बेपत्ता भएकाको आजपनि उद्दारको प्रयास गरिदै

      - ७ वर्ष अगाडि
      असोज २८,२०७५

      म्याग्दी, खराब मौसमका कारण गुर्जा हिमाल आरोहणकाक्रममा निधन भएका र बेपत्ता भएकाहरुको उद्दारका कठिनाई उत्पन्न भएको छ । 

      उद्दारका लागि काठमाडौंबाट गएको हेलिकोप्टर अवतरण गर्न नसकेपछि त्यसै फर्किएपछि आज तालिम प्राप्त व्यक्ति पठाउने तयारी गरिएको छ । हिमालमा आरोहीको शव देखिएपनि उद्दारमा समस्या भएको छ । धौलागिरि हिमश्रृंखलामा पर्ने गुर्जा हिमाल आरोहणमा गएका पाँचजना दक्षिण कोरियाली र चारजना नेपालीमध्ये सातजनाको शव देखिएको र थप दुईजना अझै हराइरहेको जनाइएको छ । 

      धौलागिरि हिमश्रृंखलाको दक्षिण पश्चिममा पर्ने झण्डै सात हजार दुई सय मिटर अग्लो गुर्जा हिमालको आधार शिविरमा शवहरू छरिएर रहेका छन । आरोहीहरू कुन अवस्थामा दुर्घटनामा परेको हुन् भन्ने प्रष्ट हुन सकेको छैन । 

        सम्बन्धित समाचारहरु