बुटवल, रूपन्देहीका १६ स्थानीय तहमध्ये ६ वटा स्थानीय तह वनविहीन रहेको पाइएको छ । हरेक स्थानीय तहमा १० प्रतिशत भूभागमा अनिवार्य रूपमा वन क्षेत्र हुनुपर्ने राष्ट्रिय वन नीति–२०७४ मा उल्लेख छ । तर रूपन्देहीमा भने १ नगरपालिकासहित ५ गाउँपालिका सामुदायिक वनविहीन छन् ।रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका, कोटहीमाई, सम्मरीमाई, मर्चवारी, मायादेवी र ओमसतिया गाउँपालिमा राष्ट्रिय वन छैन ।
राष्ट्रिय वन अन्तर्गत साझेदारी, कबुलियती, धार्मिक, सरकारद्वारा व्यवस्थित, सामुदायिक र संरक्षित वन पर्छन् । जिल्लाका सबैभन्दा बढी वन क्षेत्र सैनामैना नगरपालिकामा छ । सैनामैनामा ९ हजार १ सय ७० हेक्टर वन छ । जुन जिल्लाको वन क्षेत्रको ३७ प्रतिशत हो । त्यस्तै सवैभन्दा कम सिद्धार्थनगर नगरपालिकामा १० हेक्टर मात्र बन रहेको छ । उद्योग बन तथा बातावरण मन्त्रालयले बनहरुको लागत ल्याउने काम गरेको र बन नै नभएका स्थानिय तहमा नदि उकाश क्षेत्रमा बृक्षारोपण गरेर बन बनाउन थाल्ने बन तथा बातावरण मन्त्रालयका उपसचिव जीवन पंगेनीले बताए
रुपन्देही जिल्लामा २५ हजार १ सय ५ हेक्टर वन क्षेत्र छ । जसमध्ये १६ हजार हेक्टरमा सामुदायिक वन र २ वटा साझेदवारी वन समेत रहेका उद्योग पर्यटन तथा बन मन्त्रालयका सहायक बन अधिकृत शिवबहादुर केसीले बताए ।यता प्रदेश ५ मा ३ हजार नौ सय ८९ सामुदायिक वन छन् । जसले झण्डै चार लाख हेक्टर क्षेत्रफल ओगटेको छ भने करिब पौने पाँच लाख उपभोक्ता आबद्ध छन् । वैज्ञानिक वन व्यवस्थापनका लागि प्रायः साल भएका र तराईका वन रोजिएको छ । व्यवस्थान सुरु भएका मध्ये रूपन्देहीका १९, कपिलवस्तुका १७, दाङका ९, बाँकेका ८ अर्घाखाँचीका १२ वटा वन रहेका छन् ।








