वैशाख १९,२०८३ / ०५ : ५४ पूर्वान्ह / 2026-05-02 05:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      असोज पाँच गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ सुरु

      - ७ वर्ष अगाडि
      भाद्र ३१,२०७५

      काठमाण्डौ, नेपालीहरुको महान पर्व दशैंका लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । 

      यातायात ब्यबसायी र यातायात ब्यबस्था विभागबीच आइतबार भएको छलफल पछि असोज ५ गतेबाट अग्रिम टिकट खुल्ला गर्ने सहमति भएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाका अनुसार यात्रुको सुविधालाई ध्यानमा राखेर सहमति गरिएको र त्यसैअनुसार बुकिङ खुल्ला गर्न लागिएको जानकारी दिए । टिकट सकेसम्म सहज ढङ्गले उपलब्ध गराउने गरि यातायात ब्यबसायीले काम गर्ने र सरकारले त्यसका लागि सहयोगी भूमिका खेल्ने विषयमा सहमती भएको बताए । 

      उनका अनुसार यसपटकको दशैंमा नयाँ गाडी थपिने सम्भावना भने न्यून छ । सरकारले आफुहरुको बैंक खाता खुल्ला नगरेका कारण नयाँ गाडी थप्न नसकेको उनको भनाई छ । नयाँ गाडी नथपिए पनि सकेसम्म अभाव हुन भने नदिने उनले बताए । विभाग र ब्यबसायीबीच भएको सहमतिमा भाडावृद्धिको विषय भने उल्लेख गरिएको छैन् ।

        सम्बन्धित समाचारहरु