काठमाडौं ,१८ बुँदे घोषणपत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमस्टेक) चौथो सम्मेलन समापन भएको छ ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको चौथो विमस्टेक सम्मेलन शुक्रबार समापन भएको हो । सम्मेलनमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग निर्माण सम्बन्धी एकमात्र समझदारी पत्रमा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री केपी ओलीले विमस्टेक अध्यक्ष राष्ट्रको जिम्मेवारी श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई सुम्पिएका छन् ।
विमस्टेकमा सहभागी हुन आएका भुटान र श्रीलंका बाहेक, अन्य चार राष्ट्रका राष्ट्र प्रमुख आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।








