वैशाख १९,२०८३ / ०७ : २९ पूर्वान्ह / 2026-05-02 07:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री काठमाडौँमा

      - ७ वर्ष अगाडि
      भाद्र १४,२०७५

      काठमाडौँ,  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज काठमाडौँ आईपुगेका छन्  ।

      उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे  । विशिष्ट पाहुना चान ओ चालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

      थाइल्याण्डका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि थाइल्याण्डका राजदूत भाकवत तान्सकुल र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरेका थिए ।

        सम्बन्धित समाचारहरु