वैशाख १९,२०८३ / ०७ : २९ पूर्वान्ह / 2026-05-02 07:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेपालका मन्त्री र सांसदहरु नामक पुस्तक सार्वजनिक

      - ७ वर्ष अगाडि
      श्रावण २९,२०७५

      काठमाडौँ, वरिष्ठ पत्रकारद्वय  भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । 

      पत्रकार रिसालको ९१ औँ जन्मजयन्तीका अवसरमा पुस्तक सिकाइ समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा सो पुस्तक लेखकद्वयसहित देवेन्द्रराज पाण्डे र प्रा कृष्ण खनालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्  । 

      सो अवसरमा लेखक रिसालले नयाँ पुस्ताका लागि पुस्तक उपयोगी हुने बताउँदै पुस्तक प्रकाशित भएर आफूमा थप ऊर्जा प्राप्त भएको बताए  । 

      पुस्तकमाथि टिप्पणी गर्दै पाण्डेले यो पुस्तकले नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउने बताउँदै कुन समयमा कसको नेतृत्वमा सरकार बनेको कुरा पुस्तकले जानकारी दिनेछ भनेका छन्  । 

      प्रा खनालले सरकारका मन्त्री र सांसदका सङ्ग्रह निकालेर लेखकले नेपाली इतिहासलाई जीवन्त बनाउने प्रयास गरेको धारणा व्यक्त गरे । 

      पुस्तकमा २००७ देखि अहिलेसम्म भएका प्रधानमन्त्री, मन्त्री, सांसद र प्रदेश सांसदको नामावली समावेश गरिएको छ । 


        सम्बन्धित समाचारहरु