वैशाख १९,२०८३ / ०७ : २९ पूर्वान्ह / 2026-05-02 07:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेविसंघ विवाद चुलियो, विधीसम्मत महाधिवेशनको माग

      - ७ वर्ष अगाडि
      श्रावण २३,२०७५

      काठमाण्डौ । नेपाल बिद्यार्थी संघको महाधिवेशन पक्षधरहरुले बिधीसम्मत रुपमा महाविधेशन गर्नका लागि आह्वान गरेको छ । 

      बुधबार काठमाडौंमा १२ औं महाधिवेशनको सुनिश्चीतता लागी अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै उनीहरुले बहुमतका आधारमा आफुहरुले महाधिवेशनको मिति तोकेपनि बिधीसम्मत रुपमा महाधिवेशन गर्न अझै पनि समय रहेको जनाएको हो । 

      कार्यक्रममा नेविसंघ उपाध्यक्ष नविन राईले केहि पक्षले महाधिवेशन नगराउने षडयन्त्र गरेको र यसले संगठनलाई कमजोर बनाउने भन्दै बहुमतका आधारमा महाधिवेशनको मिति घोषणा गरेको जानकारी दिए । उनले महाधिवेशन नचाहनेहरुलाई पनि महाधिवशेनमा सामेल हुन वा बिधीसम्मत रुपमा महाधिवेशन गर्न सुझाव दिए । 

      त्यस्तै महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघलाई स्वाभिन र शक्तिशालि बनाउन महाविधेशन गर्न लागेको बताए । उनले महाधिवेशनबाट नभई कोठे निर्णयबाट पदाधिकारी चयन भए केन्द्रदेखि तल्लो तहसम्म समानान्तर समिति गठन हुने चेतावनी दिए । 

      अध्यक्ष लगाएतका केहि पक्षधरले एकलौटी गर्दै अगाडी बढ्न खोजेको भन्दै असन्तुष्ट पक्षधरले महाधिवेशन गर्ने निर्णय गरेको थियो ।


        सम्बन्धित समाचारहरु