वैशाख १९,२०८३ / ०७ : २९ पूर्वान्ह / 2026-05-02 07:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      अन्न्पूर्ण गाउँपालीकामा हेलीकोप्टर उडान निषेध

      - ७ वर्ष अगाडि
      श्रावण २२,२०७५

      काठमाडौं, गण्डकी प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख भन्दा बढी पर्यर्टक भित्र्याउने लक्ष्यसहित पूर्वाधार विकासको कार्यलाई तिब्रता दिन सुरु गरेको छ । 

      जसका लागि एक गाउँ एक हेलीप्याड निर्माणमा सरकारको योजना रहेको छ । तर उता अन्नपूर्ण गाउँपालीकाले भने हेलिकोप्टर अवतरणमा रोक लगाएको छ । अन्नपूर्ण संरक्षित क्षेत्रका चराचुरुङगी तथा बन्यजन्तुमाथी असर परेको भन्दै गाउँपालीकाले हेलिकोप्टर आवतरणमा रोक लगाएको हो । उद्दारका समयमा हेलीकोप्टर आवतरण गर्दा त्यसबाट आउने आवाजका कारण बन्यजन्तु नै भागेकाले गाउँपालीकाको चौथो गाउँ सभाले त्यस्तो निर्णय गरेको हो ।

      गाउँपालीको उक्त नियम आगामी भदौ महिना देखी लागु हुनेछ । पछिल्लो समय हेलिकोप्टरमार्फत अन्पूर्ण, माछापुछ्र्रे क्षेत्रमा जाने तथा आउने पर्यटकहरुको संख्या बढेका छन् । हेलिकोपटर निषेधबारे हेलिसर्भिस कम्पनिहरलाई जानकारी गराउने र यदि कम्पनिले अटेर गरेमा कारवाही गर्ने अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष युवराज कुँवरले बताए । प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि सो कदम अघि बढाएको अध्यक्ष कुँवरको भनाई छ ।

      यसअघि अन्नपूर्ण संरक्षण आयोजना क्याम्पले पनि विना अनुमति सो क्षेत्रमा हेकोप्टर आवतरण गर्न तथा उडाउन नपाईने नियम सार्वजनिक गरेका थिए । तर हेलीकोप्टर कम्पनिहरुले नियमको बेवास्ता गर्दै  यात्रुहरुलाई उडाउने र आवतरण गर्ने गर्दै आएका छन् । 

      यता संरक्षित ऐनमा पनि जथाभावी रुपमा हेलिकोप्टर उडाउन नपाईने व्यवस्थाको उल्लेख गरीएको छ । अन्नपूर्ण गाउँपालीकाले हेलिकोप्टर उडानमा राग लगाएर पदमार्गको विकास प्रवर्दन गर्ने लक्ष्य राखेको छ ।

      हाल विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्ग,घान्द्रुक  पदमार्ग, पुनहिल पदमार्ग, मर्दी पदमार्ग लगायत रहेका छन् ।

        सम्बन्धित समाचारहरु