वैशाख १९,२०८३ / ०४ : २३ पूर्वान्ह / 2026-05-02 04:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      स्थानीय तहमा आँखा उपचार अस्पतालको जरुरी हुन्छ : मुख्यमन्त्री डोरमणि पौडेल

      - ७ वर्ष अगाडि
      असार ३१,२०७५

      काठमाडौं, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् । 

      सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताउँदै पौडेलले ती अस्पतालमा आँखा उपचार केन्द्र खोल्न आवश्यक रहेको बताएका हुन् । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० औं वार्षिक साधारण सभा एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले आँखा उपचार केन्द्रका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

      कार्यक्रममा बोल्दै मन्त्री पौडेलले साउनदेखि विकास निर्माणका कामलाई अभियानका रुपमा अघि बढाउने बताउनुभयो । अहिलेसम्मको समय नीति निर्माण र ऐन कानून बनाउन लागेको भन्दै उहाँले सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि सबै नागरिक स्वस्थ हुनुपर्ने बताए । 

      नेपाल नेत्रज्योति संघ चितवनका कार्यबाहक सभापति कृष्णराज धरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, संघका केन्द्रीय अध्यक्ष प्राडा तीर्थप्रसाद मिश्र, कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकाल, प्रदेश नं ३ का कृषि, भूमिसुधार तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश सांसद घनश्याम दाहाल, नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के लगायतले मन्तव्य व्यक्त गरे । 

        सम्बन्धित समाचारहरु