वैशाख १९,२०८३ / ०४ : २२ पूर्वान्ह / 2026-05-02 04:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      म्याग्दीको धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु

      - ७ वर्ष अगाडि
      असार २७,२०७५

      काठमाडौं, धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । 

      हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफ्ूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरेको हो । पहिलो वर्ष यसपालि वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई एक गाउँ एक उत्पादन कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख योगेन्द्र राईले जानकारी दिए । 

      लुलाङमा आलु र मराङमा अलैँची खेतीका लागि एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरिएको राईले बताए । मराङको हाङबाङमा गठन भएको मालीका कृषक समूहमार्फत दुई हेक्टर क्षेत्रफलमा रामशाही जातको अलैँचीको बिरुवा लगाइएको छ । यहाँ ४३ कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले अलैँचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो । यसैगरी एक गाउँ एक उत्पादन कार्यक्रमका लागि आलुखेती छनोट भएको लुलाङमा बीउ भण्डारण गृह (रस्टिक स्टोर) निर्माण भएको छ । 

      गत वर्ष जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ७० हजार अनुदानमा बनाइएको भवनमा यसपाली फर्निचर र अन्य पूर्वाधारको व्यवस्था गरेर पूर्णता दिइएको छ ।

        सम्बन्धित समाचारहरु