काठमाडौं, कपिलवस्तुको चन्द्रौटा स्थित एक होटलबाट शनिबार राती २२ किलिो चरेस सहित ३ जना पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालयबाट खेटेको प्रहरी टालीले उनीहरलाई शनिबार राती ११ बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिवराज नगरपालीका १ का ३९ वर्ष का राजबहादुर रोका मगर, दाङ तुलशीपु उपमहानगरपालीका ६ का ३७ वर्षीया आशिष खड्का तथा साही ठाउ बस्ने ३८ बर्षीय किरण प्रकास बम रहेका छन् ।
उनीहरुबाट अनुसन्धानको क्रममा २२ केजी तौल बरावरको कालो बस्तु र आशिष थापाको नाममा रहेको १ सय ५० सिसिको मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।








