वैशाख १९,२०८३ / ०४ : २२ पूर्वान्ह / 2026-05-02 04:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      चिकित्सा शिक्षा सुधारका लागि अनशन बस्न जुम्ला पुगेका गोविन्द केसी पक्राउ

      - ७ वर्ष अगाडि
      असार १६,२०७५

      काठमाण्डौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्नका लागि जुम्ला पुगेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा.गोविन्द केसी पक्राउ परेका छन् ।

      आज अनशन बस्न जुम्ला पुगेका डा. केसीलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।

      शनिबार देखि अनशन बस्नका लागि जुम्ला पुगेका वरिष्ठ चिकित्सक डा. केसीको अनशनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरेको थियो । अनशन सुरु नहुँदै अस्पताल अवलोकनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदै गर्दा बाटोमै प्रहरीले रोकेपछि डा. केसी जिल्ला प्रशासन कार्यालय तर्फ गएका थिए ।

      प्रशासन कार्यालय अघि उहाँका समर्थकहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लाठी प्रहार गरेको थियो भने डा.केसीलाई पक्राउ गरेको छ ।

      चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा. केसी अनशन बस्न थालेका हुन् ।

      कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौ पछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन नसकेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी गेटा मेडिकल कलेजको प्रगति सुस्त भएको भन्दै केसीले विरोधस्वरुप अनशन बस्न लागेका थिए ।

      प्रहरीले पक्राउ गरेपछि डा. केसीले हिरासतबाटै अनसन सुरु गर्ने तयारी गरेका छन् ।

        सम्बन्धित समाचारहरु