वैशाख १९,२०८३ / ०४ : २४ पूर्वान्ह / 2026-05-02 04:24 am
      • param ad
      • furniture
      • veera Incorporation

      असोज २ गतेभित्र प्रतिनिधिसभामार्फत् ल्याउनु पर्ने कानुनहरु पूरा हुन्छ : सभामुख

      - ७ वर्ष अगाडि
      असार १०,२०७५

      काठमाडौं, सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र प्रतिनिधिसभामार्फत् ल्याउनु पर्ने कानुनहरु पूरा गरिने बताएका छन् । 

      आईतवार चितवनको भरतपुर महानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै सभामुखले प्रतिनिधिसभामा धेरै कानुन बन्न बाँकी रहेकाले स्थानीय तहसम्म समस्या परेको उल्लेख गर्दै असोज २ गतेपछि कुनै समस्या नहुने बताएका हुन् । उनले संघीयताको कार्यान्वयन नै वर्तमान सरकारको मुख्य एजेण्डा रहेको बताए । केन्द्र सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नीतिलाई स्थानीय तहसम्म कार्यान्वयनको पक्षमा लैजान उनले सुझाव दिए । 

      उनले अहिलेपनि संघीयताका पक्ष–विपक्षमा बहस भइरहेकाले विपक्षमा बहस नगर्न सबैपक्षलाई आग्रह गरे । संघीयताको कार्यान्वयन हुनेबित्तिकै सबै विषय कार्यान्वयन हुने उनको भनाइ छ । 

      भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३४ करोड रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ ।

        सम्बन्धित समाचारहरु