वैशाख १९,२०८३ / ०४ : २२ पूर्वान्ह / 2026-05-02 04:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      विश्व कप २०१८ अन्तर्गत कोस्टारिका र सर्वियाविच प्रतिस्पर्धात्म खेल जारी

      - ७ वर्ष अगाडि
      असार ३,२०७५

      काठमाडौं, विश्व कप २०१८ अन्तर्गत समुह “ई”को पहिलो खेल सुरु भएको छ । 

      जारी खेलमा कोस्टारिका र सर्वियाविच प्रतिस्पर्धात्म खेल भईरहेको छ । यि दुई टिमको पहिलो भेट हो । दुवै टोली खेललाई आफ्नो पक्षमा पार्दै दोस्रो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाउन चहान्छन् । त्यसैले यि दुई टिमबीचको खेल निकै रोमाञ्चक र प्रतिसपर्धात्मक देखीएको छ । कोस्टारिका चार वर्षअघि ब्राजिल विश्वकपमा पाएको सफलता रसिया विश्वकपमा दोहो¥याउने लक्ष्यमा रहेको छ । कोस्टारिकाले त्यतिबेला इटाली, इङ्ल्यान्ड र उरुग्वे रहेको समूहबाट आश्चर्यजनक रूपमा क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो । 

      प्रशिक्षक ओस्कार रामिरेजले पाका र भेट्रान खेलाडीलाई समेट्दै रुस भ्रमणलाई निकै सन्तुलित टोली बनाएका छन् । स्पेनिस क्लब रियल मड्रिडका पहिलो रोजाइका गोलरक्षक केलर नाभास टिममा रहनु टोलीका लागि राम्रो मानिन्छ । नाभास विश्वस्तरका सबै विपक्षी स्ट्राइकरसँग जानकार रहेकाले पनि यसको फाइदा कोस्टारिकाले उठाउन सक्नेछ । तर, टिमका मुख्य खेलाडी ब्रायन लुइज र जोइल क्याम्पवेलको चोट कोस्टारिकाका लागि घातक हुन सक्ने सम्भावना रहेको छ ।  

      ठूला टिमलाई पराजित गर्न सक्ने क्षमता कोस्टारिकाको टोलीमा रहेको छ । कोष्टा रिकाले विश्वकप अघिको दुवै खेल गुमाएको थियोे । पहिलो खेलमा इंग्ल्याण्डसँग २–० ले पराजित भएको कोष्टारिका दोस्रो खेलमा बेल्जियमसँग ४–१ ले पराजित भएको थियो । सर्बियासँग चेल्सीका पूर्व डिफेन्डर ब्रानिस्लाभ इभानोभिकजस्ता भेट्रान खेलाडी रहेको छ । उनी सर्वियाका लागि सबैभन्दा धेरै अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी हुन् । सर्बियाका कप्तान एलेक्ससान्डर कोलारोभले कोष्टा रिकाविरुद्ध आफ्नो खेल खेल्ने बताएका छन् । 

      सर्वियाले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा १ जित र १ हार बेहोरेको थियो । चिलीसँग १–० ले पराजित सर्वियाले दोस्रो खेलमा बोलिभियालाई ५–१ ले पराजित गर्दै विश्वकपमा दरिलो उपस्थितिको सम्भावना प्रदर्शन गरेका थिए ।

        सम्बन्धित समाचारहरु