वैशाख १९,२०८३ / ०४ : २३ पूर्वान्ह / 2026-05-02 04:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      चीनसंगको तातोपानी नाका अर्को वर्ष खुल्दै

      - ७ वर्ष अगाडि
      जेष्ठ ३१,२०७५

      काठमाडौं, नेपाल र चीनको बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने निश्चित भएको छ । 

      परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मेबाट तातोपानी नाका खुल्ने बताएका हुन् । परराष्ट्र मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै ज्ञवालीले यसबारे पर्याप्त छलफल भएको जानकारी दिए । 

      नेपालले आफ्नो तर्फको सडक बनाउने काम सकिएपछि चीनले खुलाउने मन्त्रीको भनाई छ । भूकम्पपछि बन्द भएको तातोपानी खुलाउन नेपालले पहल गरिरहेको थियो । 

       अब नाका कार्गोका लागि खुल्ने बताईएको छ ।

        सम्बन्धित समाचारहरु