वैशाख १९,२०८३ / ०२ : ५३ पूर्वान्ह / 2026-05-02 02:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेविसंघद्धारा ताप्लेजुङमा प्रधानमन्त्री ओलीको पुत्ला जलाईयो

      - ७ वर्ष अगाडि
      जेष्ठ ३१,२०७५

      काठमाडौं, सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । 

      गत सातादेखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले नाराजुलुस सहित सदरमुकाम फुङलिङमा विहिवार विहान प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । देशव्यापी रुपमा सरकार विरुद्ध आन्दोलन गरिरहेको नेविसंघले ताप्लेजुङमा समेत चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । 
      यसअघि ठाउँठाउँमा मशाल जुलुस निकाल्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको नेविसंघ ताप्लेजुङका सभापति डम्बर हाङ्गामले जानकारी दिए । राष्ट्रवादको नारा लगाउँदै सत्तामा पुगेको सरकारले जनताको हित विपरित काम गरेकाले आन्दोलित हुनु परेको हाङ्गामको भनाई छ । 
      पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा बढेको मुल्य वृद्धि तत्काल फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रमलाई जारी राखिने नेविसंघले जनाएको छ ।

        सम्बन्धित समाचारहरु