वैशाख १९,२०८३ / ०२ : ५४ पूर्वान्ह / 2026-05-02 02:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      ‘म नागरिक समाज’ भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार

      - ७ वर्ष अगाडि
      जेष्ठ २९,२०७५

      काठमाण्डौ । नेपालमा नागरिक समाजको उपस्थिति उजागर गर्ने उद्धेश्यका साथ तीन मिनेटको ‘म नागरिक समाज’ भिडियो प्रतियोगिता हुने भएको छ ।

      ‘इन्टरफेस नेपाल’ले ‘लोकतन्त्रमा नागरिक समाजको भुमिका’ लाई उजागर गर्न ‘म नागरिक समाज’ भिडियो प्रतियोगिता आयोजना गरेको हो ।

      प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार दिइने छ ।

      “लोकतन्त्रमा नागरिकको भुमिका अपरिहार्य हुन्छ, राज्य, समाज र प्रजातन्त्रलाई चलायमान बनाई राख्न पनि नागरिक समाज सक्रिय र सशक्त रहनुपर्छ” भन्दै आयोजक इन्टरफेस नेपालका संस्थापक एंव संचारकर्मी दिलभुषण पाठकले भने, ‘लोकतन्त्रलाई थप बलियो बनाई राख्न, राजनीतिक भ्रष्ट्राचार रोक्न, र समाजलाई अनुशासित बनाउन पनि नागरिक समाज बलियो हुनुपर्छ ।’

      उक्त प्रतियोगितामा सहभागी हुन ‘इन्टरफेस नेपाल’को वेबसाइटमा गई आवेदन दिई आगामी असार १५ गतेभित्र भिडियो तयार गरी ‘इन्टरफेस नेपाल’मा पठाइसक्नुपर्नेछ । नागरिक समाजसम्बन्धि मौलिक विषयमा बनाइएको भिडियो जुनसुकै भाषामा तयार गर्न सकिनेछ । नेपाली बाहेकका अन्य भाषामा भएका भिडियोको भने नेपालीमा ‘सबटाइटल’ हुनुपर्ने आयोजकले जनाएको छ ।

      एकै प्रतियोगीले एकभन्दा बढी विषयमा भिडियो बनाई प्रतिस्पर्धामा भाग लिन सकिने पनि इन्टरफेस नेपालले जनाएको छ । इन्टरफेस नेपालले अधिकारका लागि सञ्चार भन्दै जनचेतनाका लागि यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

        सम्बन्धित समाचारहरु