वैशाख १९,२०८३ / ०२ : ५४ पूर्वान्ह / 2026-05-02 02:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      मूल्यबृद्धिको विरोधमा नेवि संघद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

      - ७ वर्ष अगाडि
      जेष्ठ २९,२०७५

      जेठ २९, काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघले देशभरी आन्दोलन चर्काउँदै लगेको छ ।

      आज विहान नेवि संघले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

      मंगलबार विहानै बेसीशहरको भीमसेनथान चोकमा सयौंको संख्या भेला भएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

      नेवि संघ नेता सुवास अधिकारीको अगुवाइमा पार्टी कार्यालयबाट मनाङ चौतारा, सेराचोक हुँदै सुरु भएको जुलुस चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

      सोमबार साँझ मसाल जुलुसको तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रहरीले कडा निगरानी गरेपछि सिटी जुलुस प्रदर्शन गरेका थिए ।

      यसअघि नेवि संघले काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विभिन्न कार्यक्रम गरिसकेका छन् ।

        सम्बन्धित समाचारहरु