काठमाडौ, संघीय संसदको सोमबारको बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठक सुचना टाँस गरी स्थगित गरिएको हो । संसदका दुईओटै सदनको बैठक बसेर संयुक्त बैठक सन्चालनसम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची रहेपनि महासचिव मनोहरप्रसाद भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि बैठक विशेष कारण स्थगित भएको जानकारी गराएका हुन् ।
यसअघि भने प्रतिनिधिसभा र राष्ट्रियसभाले आ–आफ्नो बैठकको कार्यसन्चालन नियमावली पारित गरिसकेका छन् ।








