काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको १० वर्ष विकास, समृद्धि र सुशासनको लागि संघर्ष गर्नुपर्ने बेला आएको बताएका छन् ।
आईतबार काठमाडौमा रातोपाटी मिडियाको पाचौ बार्षिकोत्सवका अबसरमा आयोजित समृद्धिका आधार तथा प्रतिवद्धता बिषयक छलफल कार्यक्रममा दाहालले संबिधान कार्यान्वयनमा गईसकेको भन्दै अबको यात्रा समृद्धि र बिकासको हुनुपर्ने बताए ।
सबैको एकताले मुलुक अहिलेको अबस्थामा आईपुगेको भन्दै मुलुकको बिकासमा सामेल हुन अन्य शक्तिहरुलाई दाहालले आग्रह गरेका छन् । बिग्रेको अर्थतन्त्रलाई सहि दिशा दिन अहिलेको बजेट आएको दाहालको भनाई थियो ।
नेपालको विकासको लागि अनुकूल वातावरण बनाएर बाह्य लगानी भित्र्याउन विदेशीलाई विश्वासमा लिनुपर्नेमा दाहालले जोड दिएका छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकारले भूराजनीतिक सन्तुलनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । शान्ति सुरक्षा र सुशासनमा पनि केन्द्रीत हुन भट्टराईले सरकारलाई आग्रह गरे ।
अहिलेको आवश्यकता दुई अंकको आर्थिक विकास गर्ने भएको भन्दै भट्टराईले त्यसका लागि राज्यले ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवाणी राणाले निजी क्षेत्रको सहकार्यबिना आर्थिक समृद्धि हुन नसक्ने बताईन् । मुलुकको बिकासका लागि आफुहरु सरकारसंग हातेमालो गर्न तयार रहेको राणाको भनाई थियो ।१५ से








