वैशाख १९,२०८३ / ०२ : ५५ पूर्वान्ह / 2026-05-02 02:55 am
      • param ad
      • furniture
      • veera Incorporation

      मन्त्रीपरिषद बैठक सम्पन्न: नेपाल प्रहरी र सशस्त्रको एआइजी पद संख्या घटाइयो

      - ७ वर्ष अगाडि
      जेष्ठ २७,२०७५

      काठमाण्डौ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात एआइजिपी पद संख्या घटाउने निर्णय गरेको छ ।

      आज सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीमा तीन जना र सशस्त्र प्रहरीमा दुई जना मात्रै एआइजी राख्ने निर्णय गरेको हो ।

      गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एआइजीको संख्या निर्धारण गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो ।

      गृहमन्त्री रामबहादुर थापाले सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रस्तावअनुसार दुवै प्रहरीमा अनावश्यक रहेको एआइजीको दरबन्दी घटाउने निर्णय लिएका थिए ।

      थापाको प्रस्तावलाई आजको मन्त्रीपरिषद बैठकले पारित गरेको हो ।

      यसअघिको सरकारले नेपाल प्रहरीमा एआइजीको संख्या १६ पुर्याएको थियो भने सशस्त्र प्रहरीमा एआइजी संख्या नौ पुगेको थियो ।

      आजको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा दरबन्द थप गर्ने निर्णय पनि गरेको छ । तीन हजार एक सय एक दरबन्दी थप्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए । चालु आर्थिक वर्षमा नै एक हजार ६ सय प्रहरी थप्ने र बाँकी अर्को आर्थिक वर्षमा पूर्ति गरिने बाँस्कोटाले बताए ।

        सम्बन्धित समाचारहरु