वैशाख १९,२०८३ / ०२ : ५३ पूर्वान्ह / 2026-05-02 02:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      म्याच फिक्सिङ आरोप लागेका फुटबलरले पाए विशेष अदालतबाट सफाइ

      - ७ वर्ष अगाडि
      जेष्ठ २४,२०७५

      काठमाडौं, म्याच फिक्सिङ आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ६ फुटबलरलाई विशेष अदालतले सफाइ दिएको छ । 

      राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई विशेष अदालतले विहिबार सफाइ दिएको हो ।

      उनीहरुलाई विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा सफाइको फैसला सुनाएका हुन् । 

      २०७२ कात्तिक २२ गते उक्त मुद्दा विशेष अदालतमा दर्ता भएको थियो । विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप थियो । 

      खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो । उनीहरुले खेल मिलेमतो गर्ने क्रममा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

        सम्बन्धित समाचारहरु