वैशाख १९,२०८३ / ०२ : ५३ पूर्वान्ह / 2026-05-02 02:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      नक्कली कागजात वनाउने अस्पतालका दुई चिकित्सक विरुद्ध अख्तियारद्धारा मुद्दा दायर

      - ७ वर्ष अगाडि
      जेष्ठ २३,२०७५

      काठमाडौं, वीर अस्पतालका दुई कर्मचारीले बलात्कार मुद्दाका अभियुक्त छुटाउन नक्कली कागजात बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

      दुई कर्मचारीसहित कागजात बनाउन लगाउने अरु २ जनाविरुद्ध पनि अख्तियारले मंगलबार मुद्दा दायर गरेको छ । वीर अस्पतालका कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम जरिवाना र कैद सजाय हुनुपर्ने भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

      सातौं तहमा कार्यरत रेडियोग्राफर अधिकृत कृष्णप्रसाद तिमिल्सिना र अस्पताल सेवा आयोगका सचिव लक्ष्मणप्रसाद अर्यालले नक्कली लिखत तयार गरेको अख्तियारको आरोप रहेको छ । बलात्कार गर्न खोजेको आरोप लागेका ललितपुरका उद्ववप्रसाद नेपाल घटनाको दिन वीर अस्पतालमा उपचारत रहेको कागजात उनीहरूले तयार पारेका थिए । सोही कागजात पाटन उच्च अदालतमा पेश भएको थियो । 

      उक्त कागजात नक्कली रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी परेको थियो । त्यसपछि भएको अनुसन्धानबाट नेपालका ससुरा केदारनाथ पराजुलीले दिएको ५० हजार रुपैयाँ लिएर उनीहरूले नक्कली लिखत बनाइदिएको अख्तियारले जनाएको छ । 

      दफा ९ अनुसार अभियोग प्रमाणित भयो भने उनीहरूलाई तीन महिनादेखि एक वर्षसम्म कैद र १० देखि ५० रुपैयाँसम्म जरिवाना हुनेछ ।

        सम्बन्धित समाचारहरु