काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले विपद् जोखिम न्यूनीकरणका लागि कार्यकारी अधिकार सहितको प्राधिकरण गठन गर्ने घोषणा गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्राधिकरण छिट्टै गठन गर्ने बताएका हुन् । र त्यसले विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे । बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका कारण नेपालमा हरेक वर्ष औसतमा ९ सय जना मानिसको ज्यान जाने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
गृहमन्त्री थापाले सरकारले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहसम्मै संरचना खडा गरेर अघि बढ्ने योजना पनि अघि सारेको बताए ।
मन्त्रि थापाले विपद् जोखिम न्यूनीकरणका लागि ऐन, कानूनमा सुधार गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।








