वैशाख १९,२०८३ / ०२ : ५३ पूर्वान्ह / 2026-05-02 02:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      मेस्सी समर्थक लोपरेभा विश्वकपको विशेष दुत नियुक्त

      - ७ वर्ष अगाडि
      जेष्ठ २३,२०७५

      काठमाडौं, यही जेठ ३१ गतेबाट श्विकप २०१८ रुसमा सुरु हुदैछ । 

      रुसमा विश्वकप फुटबलमय बनाउन त्यहाँका राजनीतिक नेतृत्वदेखि खेलप्रेमी र सुन्दरीसमेत सक्रिय भएका छन् । फिफा विश्वकप फुटबलका लागि विशेषदूतका रुपमा रुसी सुन्दरी भिक्टोरिया लोपरेभा नियुक्त भएकी छन् । 

      भिक्टोरिया लोपरेभा रुसमा चिरपरिचित नाम मानिन्छ । उनी सन् २००३ मा ‘मिस रुस’ भएकी थिइन् । मोडलिङका अतिरिक्त उनी एङ्करिङ र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् । ३४ वर्षीया भिक्टोरियाले कयौं अवार्ड हात पारेकी छन् । 

      समाचार एजेन्सीहरुका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि भिक्टोरियाका प्रशंसक हुन् । पुटिनले नै उनलाई विश्वकप फुटबलको दूत बनाएको चर्चा चलिरहेको छ । राजनीतिक रुपमा भिक्टोरिया पनि पुटिनकै समर्थक मानिन्छ । तर खेलाडीमा भने भिक्टोरियाले अर्जे्न्टिनाका स्टाइकर लियोनल मेस्सीलाई समर्थन् गर्छिन् । 

      त्यसो उता उनी ब्राजिलका नेयमार र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको पनि प्रशंसा गर्छिन् । 

      एजेन्सी

        सम्बन्धित समाचारहरु